काठमाडौं।
झापामा प्रहरीले हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ । बाह्रदशी गाउँपालिका-५ फूलबारी बस्ने ४५ वर्षीय गंगालाल माझीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय मानकुमार राजवंशीलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।
राजवंशीले वादविवादको क्रममा फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका माझीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो ।



