ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु

images
  • 270
    SHARES
  • मंसिर ३, २०८१ सोमबार
    ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु
    images

    चितवन, मंसिर ३

    चितवनमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

    चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा ग्यास बुलेट ठक्कर दिदाँ अन्दाजी ५५/६० वर्षीया पैदल यात्री महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

    जिल्लन प्रहरी कार्यालय चितवनका अनुसार आज (सोमबार) दिउँसो १२ः२५ बजे भारतबाट बनेपा जाँदै गरेको एनएल ०१ एन २०८० नम्बरको भारतीय ग्यास बुलेटले महिलालाई ठक्कर दिएको थियो ।

    दुर्घटना पछि स्थानीयले बाटो अवरुद्ध पारेर घटनाको विरोध गरेको थिए । हाल प्रहरीले घटना स्थलबाट बुलेट चालक भारतको बिहार प्रदेश बेगुसराय पपरोर मन्सिपालिर ८ निवासी ६२ वर्षीया मोहम्मद मतिनलाई नियन्त्रणमा लिएको छ ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend