३ महिनामा ४ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो

images
  • 154
    SHARES
  • मंसिर ४, २०८१ मंगलबार
    ३ महिनामा ४ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो
    images

    काठमाण्डाै 

    चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा चार खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार तीन महिनामा रेमिट्यान्स साढे ११ प्रतिशतले बढेर चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।

    तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ७० हजार पाँच सय जना रहेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend