साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस

images
  • 183
    SHARES
  • मंसिर ५, २०८१ बुधबार
    साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस
    images

    काठमाडौँ, मंसिर ५

    साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

    नेपाल प्रहरीको साइबर ब्युरो (सिआइबी) ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
     
    उहाँले भन्नुभयो, “प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको र उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसूरमा म्याद लिएर अनुसन्धान गरिनेछ ।”

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंगलबार सिआइबीले पक्राउ गरेको थियो । रासस

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend