राष्ट्रपति पाैडेलद्वारा पूर्वसभामुख स्व. ढुङ्गानाका परिवारप्रति समवेदना

images
  • 163
    SHARES
  • मंसिर ६, २०८१ बिहीबार
    राष्ट्रपति पाैडेलद्वारा पूर्वसभामुख स्व. ढुङ्गानाका परिवारप्रति समवेदना
    images

    काठमाण्डौ 

    राष्ट्रपति रामचन्द्र पौडेल पूर्वसभामुख स्वर्गीय दमननाथ ढुङ्गानालाई श्रद्धाञ्जली दिन उहाँको निवास पुग्नुभएको छ । आज बिहान राष्ट्रपति पौडेल स्व. ढुङ्गानाको परिवारसँग भेट गर्न बत्तिसपुतली निवासमा पुग्नुभएको हो ।

    राष्ट्रपति पौडेलसँगै उहाँकी धर्मपत्नी सविता पौडेल पनि स्व. ढुङ्गानाका परिवारजनलाई समवेदना प्रकट गर्न उहाँको निवास पुग्नुभएको थियो ।

    ढुङ्गाना निवासमा राष्ट्रपति पौडेलले परिवारसँग कुराकानी गरी समवेदन प्रकट गर्नुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend