अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान

images
  • 399
    SHARES
  • मंसिर ७, २०८१ शुक्रबार
    अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान
    images

    काठमाण्डौ 

    अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ९० पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।

    यसअघि डलरको भाउले १३५ रुपैयाँ ३७ पैसा पुगेर कीर्तिमान कायम गरेको थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) निरन्तर कमजोर बन्दै गएको छ ।

    भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

    आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । 
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend