लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने

images
  • 120
    SHARES
  • मंसिर ७, २०८१ शुक्रबार
    लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने
    images

    लुम्बिनी 

    लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

    लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएपछि जटिल रोग लागको बिरामीले यस्तो सहयोग पाउने भएका हुन ।

    प्रदेशका १२ जिल्लाका स्वास्थ्य कार्यालयमार्फत मुटुको भल्व फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई दृष्टिगत गरी संशोधित निर्देशिका कार्यान्वयनमा आएको हो । लुम्बिनी प्रदेश सरकारले मुटुको भल्ब फेर्न, क्यान्सरको उपचार र मिर्गौला प्रत्यारोपणका लागि एक जना बिरामीलाई दुई लाख रुपैयाँको व्यवस्था गरेको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले एउटा सिफारिश बनाउनकै लागि स्वास्थ्य सेवा निर्देशनालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको र यसबाट बिरामी र उनीहरुका परिवारका सदस्यहरुलाई सहज भएको बताउनुभयो । यसअघि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट उपचार सुविधाको सिफारिश हुँदै आएको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend