१ करोड रुपैयाँभन्दा धेरै नोक्सानी प्रसारण लाइनमा व्यक्ति चढ्दा विद्युत् प्राधिकरणको

images
  • 109
    SHARES
  • जेठ २८, २०७९ शनिबार
    १ करोड रुपैयाँभन्दा धेरै नोक्सानी प्रसारण लाइनमा व्यक्ति चढ्दा विद्युत् प्राधिकरणको
    images

    काठमाण्डाै 

     नुवाकोटको ककनी गाउँपालिकामा विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेका एक व्यक्तिका कारण विद्युत् प्राधिकरणलाई एक करोड रुपैयाँभन्दा धेरै नोक्सानी भएको छ ।

    electricity_mMngdNTTOR.jpg

    मानसिक सन्तुलन गुमाएका व्यक्ति तारमा पुगेपछि उनको सुरक्षाको लागि प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली 'थ्री ए' र ५ मेगावाटको अर्को आयोजनाको उत्पादन बन्द गरेको थियो।

     

    बिहान ११ बजेदेखि बेलुका झन्डै ८ बजेसम्म उत्पादन बन्द हुँदा प्राधिकरणको एक करोड रुपैयाँभन्दा धेरै नोक्सानी भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो ।

    ‘हाम्रो अहिले देखिएको नोक्सानी एक करोड रुपैयाँभन्दा धेरै देखिएको छ, यसबाट भएका अरु नोक्सानीको त कुरै छाडौँ ’ प्रवक्ता भट्टराईले भन्नुभयो । दिनभर ६५ मेगावाट बिजुलीको उत्पादन बन्द भएपछि प्राधिकरणलाई माग धान्न मुस्किल परेको थियो । केही ठाउँमा लोडसेडिङ भएको थियो भने भारतबाट समेत आयात बढाइएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend