स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित ३ भारतीय नागरिक पक्राउ

images
  • 351
    SHARES
  • मंसिर १०, २०८१ सोमबार
    स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित ३ भारतीय नागरिक पक्राउ
    images

    काठमाडौं ।

    स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित ३ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश जिल्ला जालौनका ४० वर्षीय विजय सिंह कुशवाह, भारतकै गोरखपुरका २६ वर्षीय प्रशान्त पाठक, भारत राजस्थान चितोरगढका ३२ वर्षीय राहुल कुमार माण्डावत छन् ।

    उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend