‘तेल भिसा’को बक्सअफिस ओपनिङ सुखद

images
  • 240
    SHARES
  • मंसिर ११, २०८१ मंगलबार
    ‘तेल भिसा’को बक्सअफिस ओपनिङ सुखद
    images

    काठमाडौँ, मंसिर ११

    शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘तेल भिसा’को बक्सअफिस ओपनिङ सुखद देखिएको छ ।

    फिल्मका वितरक करण श्रेष्ठले फिल्मले तीन दिनमा १ करोड ३६ लाख कमाएको बताएका छन् । फिल्मले शुक्रबार, शनिबार र आइतबारमा यति कमाएको हो ।

    फिल्मको सोमबारको व्यवसाय सार्वजनिक हुन बाँकी रहेको छ । वितरक श्रेष्ठले सोमबार पनि फिल्मले राम्रो व्यवसाय गरेका र त्यसको विवरण मंगलबार साँझ सार्वजनिक गर्ने बताए ।

    ‘तेल भिसा’की प्रस्तुतकर्ता तथा अभिनेत्री ऋचा घिमिरे हुन् । फिल्मको वर्डअफ माउथका कारण मंगलबारबाट व्यवसाय अझै बढ्ने अनुमान गरिएको छ । शंकर घिमिरे निर्देशित फिल्ममा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । विपिनसँगै फिल्ममा वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरूको समेत अभिनय छ ।

    वेलडन क्रियसनको ब्यानरमा अनिल पाण्डे र शिवराज कार्की निर्माता रहेको फिल्मका प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend