काठमाण्डौ उपत्यकासहित पहाडी भेगको मौसम आंशिक बदली

images
  • 151
    SHARES
  • मंसिर १२, २०८१ बुधबार
    काठमाण्डौ उपत्यकासहित पहाडी भेगको मौसम आंशिक बदली
    images

    काठमाण्डौ –

    काठमाण्डौ उपत्यकासहित पहाडी भेगको मौसम आंशिक बदली भएको छ । तराई र पहाडी भेगका केही ठाउँमा हुस्सु लागेको छ । देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कोशी, बाग्मती  र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा हल्का वर्षाको साथै कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

    यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend