पालिका उपचुनावको प्रचारका लागि आज अन्तिम दिन

images
  • 140
    SHARES
  • मंसिर १३, २०८१ बिहीबार
    पालिका उपचुनावको प्रचारका लागि आज अन्तिम दिन
    images

    काठमाण्डौ 

    आउँदो आइतवार हुने पालिका उपचुनावको लागि आज राति १२ बजेदेखि मौन अवधि शुरू हुँदैछ। मतदानको समयभन्दा ४८ घण्टाअघि मौन अवधि शुरू हुने भएकाले भोलिदेखि दल र उम्मेदवारहरुले चुनावी प्रचार गर्न पाउँदैनन् ।

    अब राजनीतिक दल र उम्मेदवाहरूलाई प्रचारप्रसारको लागि आजको दिन मात्रै बाँकी छ । नगरपालिका र गाउँपालिकाको मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी ४१ पदका लागि ३ सय ७६ जनाले उम्मेदवारी दिएका छन् ।

    २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत ३ सय ७६ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ । चुनाव हुने सबै ठाउँमा उत्साह भए पनि सबैभन्दा बढी चर्चा काठमाण्डौको कीर्तिपुरमा छ । नगरपालिकाको मेयरको लागि कीर्तिपुरमा मात्रै उपचुनाव हुने भएकाले दल र उम्मेदवारको ध्यान पनि यहीँ बढी केन्द्रित भएको छ ।

    यहाँ मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसले कृष्णमान डङ्गोल, एमालेले डा.सुरेन्द्र मानन्धर, माओवादीले प्रा.डा.शिवशरण महर्जन, राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवारमा बनाएका छन् । स्वतन्त्रबाट ११ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने जनाए पनि कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend