देवघाट मंसिर १२
तनहुँको देवघाट गाउँपालिकामा एकदिने अपाङ्गता अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार समुदायमा आधारित पुनर्स्थापना (CBR) कार्यक्रम अन्तर्गत जनप्रतिनिधि,अपाङ्गता समन्वय समितिका सदस्यहरु एवं सरोकारवालाहरुको लागि अपाङ्गता अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
अपाङ्गता भनेको के हो, कस्तो मान्छेलाई अपाङ्गता भनिन्छ साथै अपाङ्गता भएको व्यक्तिहरूको हक अधिकार उनिहरूले पाउने सरकारी सेवा सुविधाहरू के के छन् लगायतको विषयमा सहजकर्ता सावित्री सुवेदीले प्रशिक्षण अभिमुखिकरण दिनुभएको थियोे । उक्त कार्यक्रम अपाङ्गता महिला सशक्तिकरण समाज दमौली, तनहुँको आयोजना तथा समाजिक विकास कार्यालय तनहुँ र देवघाट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको सहयोग भएको थियोे ।
कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले आफ्नो भनाइ राख्दै अपाङ्गता भएको व्यक्ति पनि सपाङ्ग व्यक्ति सरह नै हो उनिहरूले केहि काम गर्न सक्दैन भनी अवहेलना गर्ने हैन कि उनिहरूको हक अधिकारी सम्बन्धित ज्ञानहरू दिई सहयोग पुर्याउन पर्ने बताउनुभयो ।
साथै अध्यक्ष थापाले अपाङ्गता भएको व्यक्तिलाई उनिहरूले चाहे अनुसारको काम लगाउन पाए अझै राम्रो हुने बताउदैँ देवघाट गाउँपालिका भित्र रहेका जतिपनि अपाङ्गता भएका व्यक्तिहरू छन् उनिहरूलाई हौसला दिदै अगाडि बढ्ने बताउदै पालिकाको तर्फबाट गर्नुपर्ने सहयोग रहने प्रतिवद्वता व्यक्त गर्नुभएको थियोे । साथै उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेश सारू,देवघाट-१ अध्यक्ष मनिराज गुरूङ,देवघाट-३ अध्यक्ष टेक कहादुर आले,देवघाट-४ अध्यक्ष मित्रलाल गुरूङ,देवघाट-५ अध्यक्ष पुर्ण बहादुर कुँवर,कार्यपालिका सदस्य,वडा सदस्य लगायतको सहभागीता रहेको थियोे ।



