बिहेमा जाने क्रममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

images
  • 193
    SHARES
  • मंसिर १३, २०८१ बिहीबार
    बिहेमा जाने क्रममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
    images

    काठमाडौं, मंसिर १३

    भारतको लखनउ(आगरा सडकखण्डमा जिप दुर्घटना हुँदा तीन डाक्टरसहित पाँच जनाको मृत्यु भएको छ ।

    एकजना डाक्टर गम्भीर घाइते भएका छन्। सडक डिभाइडरमा ठोक्किएर स्कार्पियो जिप दुर्घटना हुँदा ग्रामिण आयुर्विज्ञान संस्थान (रम्स)का ३ आवासीय चिकित्सकसहित पाँच जनाको मृत्यु भएको हो ।
    उनीहरु सबै एक जना साथी डाक्टरको बिहेमा सहभागी हुन जाने क्रममा दुर्घटनामा परेका थिए ।

    प्रहरीका अनुसार तीव्र गतिका कारण जिप दुर्घटना भएको थियो । जिप १३० किलोमिटर प्रतिघण्टाको गतिमा थियो । त्यसैक्रममा डिभाइडर ठोक्किएर जिप अनियन्त्रित भएपछि अर्को लेनमा रहेको ट्रकसँग ठोक्किएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend