आज भरतपुर नेपालको सबैभन्दा ‘प्रदूषित’ सहर बन्यो

images
  • 488
    SHARES
  • मंसिर १३, २०८१ बिहीबार
    आज भरतपुर नेपालको सबैभन्दा ‘प्रदूषित’ सहर बन्यो
    images

    काठमाडौं, मंसिर १३

    आज (बिहीबार) चितवनको भरतपुर नेपालको सबैभन्दा ‘प्रदूषित’ सहर बनेको छ । पछिल्लो २४ घण्टाको वायुको गुणस्तरको आधारमा भरतपुर नेपालको सबैभन्दा ‘प्रदूषित’ सहर बनेको हो ।

    आज भरतपुरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६५ पुगेको वातावरण विभागले जनाएको छ । सोही अवधिमा काठमाडौं उपत्यकाका रत्नपार्क र खुमलटारमा पनि एक्यूआई क्रमशः १६४ र १५७ पुगेको छ ।
     
    यी तीनै सहर ‘अस्वस्थकर’को वर्गमा परेका छन् । विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend