भक्तपुरमा बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर रकम असुल्ने तीन जना पक्राउ

images
  • 180
    SHARES
  • मंसिर १३, २०८१ बिहीबार
    भक्तपुरमा बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर रकम असुल्ने तीन जना पक्राउ
    images

    काठमाण्डाै 

    भक्तपुरमा एक जना मेडिकल सञ्चालक तथा स्वास्थ्यकर्मीलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर रकम असुल्ने तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–५ नयाँ थिमि बस्ने समृद्धि मगर, काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारि घर भई स्वयम्भू बस्ने दीपेन्द्र दर्जी र नयाँ थिमि बस्ने वर्षा दर्जी छन् ।

    उनीहरूले स्वास्थ्यकर्मीलाई उपचारका लागि घरमा बोलाएर बलात्कारमा फसाइदिने धम्की दिई रकम असुलेको भन्दै प्रहरीमा उजुरी परेको थियो । पक्राउ परेकी वर्षाले घाउ ड्रेसिङका लागि भन्दै स्वास्थ्यकर्मीलाई बोलाएर आफ्नो शरीर छुन लगाएकी थिइन् ।

    वर्षाले कोठामा आफू एक्लै भएको बेलामा स्वास्थ्यकर्मीलाई बोलाएपछि शारीरिक सम्पर्क भएको आरोप लगाएर जबरजस्ती करणी मुद्दामा फसाइदिन्छु भन्दै डरत्रास देखाएर आठ लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend