राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज काठमाडौँमा बयान हुदै

images
  • 229
    SHARES
  • मंसिर १४, २०८१ शुक्रबार
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज काठमाडौँमा बयान हुदै
    images

    काठमाडौं ।

    सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । बिहीबार जहाजमार्फत उनलाई काठमाडौं ल्याइएको हो ।

    उनको आज सरकारी वकिलको कार्यालयमा बयान हुने बताइएको छ ।

    काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा समेत संलग्नता रहेको आरोपमा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोही सहकारी ठगीको अनुसन्धानको लागि उनलाई काठमाडौं ल्याइएको हो ।

    लामिछानेलाई गत कार्तिक २ गते पक्राउ गरी पोखरा लगिएको थियो । आज ४१औं दिनमा उनलाई काठमाडौं ल्याइएको हो । लामिछानेमाथि चितवनको सहारा सहकारी ठगीको समेत आरोप छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend