सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढ्यो

images
  • 173
    SHARES
  • मंसिर १४, २०८१ शुक्रबार
    सुनको भाउ एक हजार ६ सय  रुपैयाँले बढ्यो
    images

    काठमाण्डौ 

    सुनको भाउ आज तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा १६ सय रुपैयाँले बढेर एक लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुन तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ४९ हजार ३ सय रुपैयाँ भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर  तोलाको एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend