चितवन, मंसिर १५
चितवनको भरतपुर महानगरपालिका–२९ मा पर्ने ऐतिहासिक कविलासगढीमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । भरतपुर भ्रमण वर्षको अवसर पारेर आज (शनिवार) भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय झण्डाको झण्डोत्तलन गरेकी हुन् ।
कविलास गढी पर्यटकीय सम्भावना बोको स्थल भएकाले महानगरपालिकाले प्रचार प्रसार स्वरुप आज झण्डा राखेको उनले बताइन् । प्राकृतिक सुन्दरताले रमणिय समेत रहेको यस स्थान पछि मिनि दार्जलिङ हुने मयेर दाहालले बताएकी छिन् । यहाँबाट तराईका फाँट, पहाड र हिमालहरु सजिलै अवलोकन गर्न सकिन्छ ।
पर्यटक आकर्षित गर्नका लागि महानगरपालिकाले सडक लगायतका भौतिक संरचनाको निर्माणलाई तिब्रता दिएको उनले बताइन् । नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट करिब १० किलोमिटर दुरीमा कविलास गढी छ । अहिलयहाँ सम्म कक्चि सडक पुगेको छ । आगामी दिनमा सडकलाई कालोपत्रे गरिने उनले बताए ।
यसको संरक्षका लागि वडा कार्यालयले समेत लागि परेको भरतपुर महानगरपालिका वडा २९का अध्यक्ष सुर्य बहादुर गुरुङ्गले बताए । यस स्थानमा पिकनिक पार्क समेत निर्माण गरिएको छ । प्राकृतिक मनोरञ्जन लिनका साथै ऐतिहासिक स्थलको ज्ञान लिनका लागि यो ठाउँ महत्वपूर्ण रहेको अध्यक्ष गुरुङ्गले बताए ।



