भरतपुर
भरतपुर तमु नगर गुठीद्वारा शनिबार गुठी पुजा एवं गुठी भोज कार्यक्रम सम्पन्न भएको छ । भरतपुर तमु नगर गुठी गुरूङ समाजद्वारा भरतपुर स्थित रहेको महाबौद्ध गुम्बा तिनखोले परिसरमा विविध सँस्कृतिक कार्यक्रमको आयोजना गरी गुठी भोज तथा गुठी पुजा कार्यक्रम गरिएको तमू नगर गुठीका अध्यक्ष पुर्ण बहादुर गुरूङले बताउनुभयो ।
गुरूङले "हामी भरतपुर तमु नगर गुठी परिवार एक हौँ,दु:ख सुखमा मिलेर अगाडि बढौँ "भन्ने मुल नारा सहित अगाडि बढेको बताउदैँ आफ्नो भाषा, धर्म,भेषभूषा,पहिचान र रितिरिवाज लगायत अन्य तमू जातिका विविध कुराहरूलाई उजागर गर्दै अगाडि बढेको बताउनुभयो । वि.स. २०२१ सालमा स्थापना भएको उक्त गुठी चितवन जिल्लाको सबैभन्दा ठुलो र पुरानो गुठी हो जहाँ चार सय घरधुरी तमूहरू बसोबास गर्दै आएका छन् ।
हरेक वर्षको मंसिर महिनामा तमू गुठी परिवारले महाबौद्ध गुम्बा तिनखोले परिसरमा गुठी भोज र गुठी पुजाको आयोजना गर्दै आइरहेको अध्यक्ष गुरूङले जानकारी दिनुभएको थियोे । गुरूङ संस्थाको सबैभन्दा बढी सहयोग गर्ने संस्थाका सदस्यहरू पनि यसै तमू गुठीमा आवद्ध रहेका छन् । यसै तमू नगर गुठीले गर्दा यहाका गुम्बा,तमु ह्युल,तमूस्यो ह्युल लगायत सबै तमु सँस्थाहरू अगाडि बढेको छ ।
शनिबार भएको यस वर्षको गुठी पुजामा गुठीका सदस्यहरूलाई मनोरञ्जन दिनको लागि खेल खेलाइएको थियोे साथसाथै नाचगान,खानपिनका साथै गुठी पुजा एवं गुठी भोज कार्यक्रम भव्यताका साथै सम्पन्न भएको थियोे । भने लगभग १ हजार जना गुरूङहरूको सहभागीता रहेको थियोे ।



