१९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो

images
  • 211
    SHARES
  • मंसिर १८, २०८१ मंगलबार
    १९ वर्षमुनिको  एशिया कप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो
    images

    काठमाण्डाै –

    १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सान्त्वना जीत हात पारेको छ ।

    अफगानिस्तानले दिएको १ सय २४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेट गुमाएर भेटायो । नेपालका नरेन साउदले २६, कप्तान हेमन्त धामीले नटआउट २२, अर्जुन कुमालले २१ रन बनाए । अफगानिस्तानका एएम घजनफर र खतिर स्टानिकजाईले ३/३ विकेट लिए ।

    यसअघि यूएईको शारजाहमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १ सय २३ रनमा अलआउट भयो । अफगानिस्तानका फैसल खानले सबैभन्दा धेरै ५२ रन बनाए । नेपालका उनिश ठकुरी र सन्तोष यादवले ३/३ विकेट लिए । यस्तै कप्तान हेमन्त धामी र अभिषेक तिवारीले २/२ विकेट लिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend