सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

images
  • 157
    SHARES
  • मंसिर २०, २०८१ बिहीबार
    सुनको भाउ तीन सय रुपैयाँले बढ्यो
    images

    काठमाण्डौ 

    आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलामा एक लाख ५० हजार चार सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    हिजो चाँदीको भाउ तोलामा एक हजार आठ सय ६५ रुपैयाँ रहेको थियो । 
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend