भुटानी राजा वाङचुक आज बिहान काठमाण्डौमा

images
  • 130
    SHARES
  • मंसिर २१, २०८१ शुक्रबार
    भुटानी राजा वाङचुक आज बिहान काठमाण्डौमा
    images

    काठमाण्डौ 

    भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुक अनौपचारिक भ्रमणको क्रममा आज बिहान काठमाण्डौ आइपुग्नुभएको छ ।

    उहाँलाई परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्नुहुने कार्यक्रम छ ।

    भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाण्डौमा आउनु भएको हो । उहाँ आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend