सूर्यदर्शनको रकम अपचलनमा संलग्न एक आरोपी समातिए

images
  • 60
    SHARES
  • मंसिर २१, २०८१ शुक्रबार
    सूर्यदर्शनको रकम अपचलनमा संलग्न एक आरोपी  समातिए
    images

    काठमाडौं, मंसिर २१-

    पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन् । पोखरा घर भएका गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    कतार जान लागेको अवस्थामा पक्राउ परेका गुरुङलाई पोखरा लगिएको कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend