गायिका स्मिता दाहालले कसिन् लगनगाँठो

images
  • 152
    SHARES
  • मंसिर २१, २०८१ शुक्रबार
    गायिका स्मिता दाहालले कसिन् लगनगाँठो
    images

    काठमाडौँ, मंसिर २१

    गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छिन् । शुक्रबार काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरेकी हुन् ।

    स्मिता पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् । आयोजित विवाह समारोहमा दुवैका परिवार,आफन्त,केही राजनीतिज्ञ र कलाकारहरू समेत पुगेका छन्।

    स्मिता र सायुज्यले केही साता अगाडि इन्गेजमेन्ट गरेका थिए। त्यसपछि स्मिताले सायुज्यलाई सामाजिक सञ्जालमा प्रेमीको रूपमा चिनाउँदै आफूहरू जीवनसाथी हुन लागेको जानकारी दिएकी थिइन्।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend