सभापति लामिछानेलाई रातारात चितवनबाट पाेखरा लगिएकाेप्रति रास्वपाकाे आपत्ति

images
  • 211
    SHARES
  • मंसिर २१, २०८१ शुक्रबार
    सभापति लामिछानेलाई रातारात चितवनबाट पाेखरा लगिएकाेप्रति रास्वपाकाे आपत्ति
    images

    काठमाण्डाै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आपत्ति जनाएको छ ।

    साथै रास्वपाले लामिछानेलाई बुधवार मध्यराति चितवनबाट पोखरा पुर्‍याएको विषयमा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तथा मानव अधिकारवादी सङ्घ–संस्थाहरूको पनि ध्यानाकर्षण गराएको छ ।

    पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज निकालेको विज्ञप्तिमा सरकारको कदम राज्य संयन्त्रको दुरुपयोग रहेको उल्लेख छ । लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

    पछिल्लो घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले सहमतिमै लामिछानेलाई पोखरा लगिएको जनाएको छ । चितवनको सहारा सहकारीको रकम अपचलनसम्बन्धी बयान सकिएपछि लामिछानेलाई रातमा पोखरा लगिएको थियो ।

    सहकारी प्रकरणमा अनुसन्धानका लागि गएको कात्तिक २ गते पक्राउ परेका लामिछाने थुनामा रहेका छन् । यसबीचमा उनलाई पोखरा, बुटवल, काठमाण्डौ र चितवन पुर्‍याइसकिएको छ ।

    लामिछाने पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाण्डौको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा मुछिएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend