हरिहर बचत तथा ऋण सहकारीको ९ औँ वार्षिक साधारणसभा

images
  • 206
    SHARES
  • मंसिर २२, २०८१ शनिबार
    हरिहर बचत तथा ऋण सहकारीको ९ औँ वार्षिक साधारणसभा
    images

     देवघाट मंसिर २२

    हरिहर बचत तथा ऋण सहकारी संस्था लि.को ९ औँ वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । शनिबार देवघाट-५ स्थित रहेको नमस्ते देवघाट गार्डेन रिसोर्टमा सो सभा सम्पन्न भएको हो । उक्त कार्यक्रममा सहकारीका लेखा संयोजक बिनोद सारू मगरले लेखा प्रतिवेदन र सहकारीका अध्यक्ष रोशनदेव आचार्यले आगमि निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे । साधारणसभामा नयाँ वर्षको अवसरमा भित्रेपात्रो प्रकाशन गर्नको लागि विज्ञापन दिएका विज्ञापनदाताहरूलाई सम्मान गरिएको थियोे । उनिहरूलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।469624461_560007929999159_5584984667832940580_n.jpg

    साथै उत्कृष्ट सेयर सदस्य,उत्कृष्ट बचत कर्ता,समयमै ऋण बुझाउने ऋण कर्जाकर्ता र उत्कृष्ट बाल बचत कर्तालाई सम्मान पत्र र दोसल्लाले सम्मान सम्मान गरिएको थियोे । उक्त कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले आफ्नो भनाइ राख्दैँ हरिहर बचत तथा ऋण सहकारी संस्थाले स्थापना भएदेखि जनसमुदायमा एउटा राम्रो छाप बनाउदैँ आएको बताउनुभयो । उनले बचत गर्ने मात्रै नभएर ४/५ जना व्यक्तिलाई रोजगारी समेत प्रदान गर्दै आइरहेको बताउनुभयो ।469655685_559947510005201_4815556732133813768_n.jpg

    त्यस्तै गरि व्यक्तिले जति हजारको जागिर खाएता पनि बचत गर्ने बानि छैन भने त्यसको कुनै पनि औचित्य नरहने अध्यक्ष थापाको भनाइ थियोे । त्यस्तै गरि कार्यक्रमका विशिष्ट अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले हरिहर बचत तथा ऋण सहकारीले आर्थिक आवश्यक परेको बेला सबै सेयर सदस्यहरूलाई ऋण दिएर सहकारीले समाजमा सेवामूलक एउटा राम्रो काम गर्दै आएको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियोे । देशव्यापी रूपमा सहकारीको विषयमा अराजक फैलिए तापनि यस सहकारी भने कतिपनि विचलित नहुन अनुरोध गर्दै सहकारीलाई आवश्यक परेको बेला हरदम सहयोग गर्न तयार रहको उपाध्यक्ष गुरूङले बताउनु भएको थियोे ।469451957_559946916671927_21606323699615254_n.jpg

    साथै उनले जनसमुदायको हितको लागि स्थानीय सरकार र सहकारी मिलि आगाडि बढ्न समेत तयार रहेको भनाइ राख्नु भएको थियोे । साथै कार्यक्रममा चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष सावित्री न्यौपाने,कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपाने,महिला सञ्जालका उपाध्यक्ष मायाँ शर्मा,किसान बचत तथा ऋण सहकारीका सदस्य किरण सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियोे । सहकारीका सचिव अनिल मिश्रले सञ्चालन गर्नुभएको सो कार्यक्रम सहकारीका अध्यक्ष रोशनदेव आचार्यको अध्यक्षतामा भएको थियोे । साथै कार्यक्रममा सेयर सदस्यहरूको बृहत् सहभागीता रहेको थियोे ।469463562_559948486671770_4033284257509171797_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend