देवघाट बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः अर्जुन अधिकारी

images
  • 426
    SHARES
  • मंसिर २२, २०८१ शनिबार
    देवघाट बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः अर्जुन अधिकारी
    images

     देवघाट:

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ कालिमाटी स्थित रानी सामुदायिक वनको सभा हलमा आज सनिवार देवघाट बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा एवं छैठौं अधिवेशन बाट अध्यक्षमा पदमा पुन अर्जुन अधिकारी सहित सात सदस्य कार्यसमिति सर्वसहमत चयन भएको छ।469653968_559976726668946_6932620025594991160_n.jpg

    सो अधिवेशनमा देवघाट बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा अर्जुन अधिकारी उपाध्यक्षमा प्रशन्न ढकाल,सचीवमा महेश भट्टराई,कोषाध्यक्ष वविता भुर्तेल सदस्यमा सोमनाथ ढकाल,भरत आचार्य र ढक बहादुर कुँवर सर्वसहमत चयन भएको निर्वाचन अधिकृत संयोजक कृष्ण पन्तले जानकारी दिए।साथै संस्थाको लेख संयोजकमा भिम प्रसाद सापकोटा सदस्यमा सन्दीप पोख्रेल र विनोद मगर तथा ॠण परिचालन उप समिति संयोजकमा भरत आचार्य सदस्यमा हरि कुँवर र हरिकला गौतम ढकाल एवं शिक्षा उप समिति संयोजक सम्राट अधिकारी,सदस्य हरि बहादुर थापा र शान्ता तिमिल्सिना,महिला बालबालिका उत्थान उपसमिति संयोजकमा हरिमाया ढकाल,सदस्यमा तारा न्यौपाने र भगवती सुवेदी चयन भएको छ।

    469594561_559981153335170_956467373061122964_n.jpg

    कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका प्रवक्ता एवं एवं ५ वडा अध्यक्ष पुर्णबहादुर कुँवर,बिशिष्ट अतिथि जिल्ला सहकारी संघ तनहुँका उपाध्यक्ष सिर्जना तिवारी,देवघाट गाउँपालिका सहकारी शाखा प्रमुख कृष्णराज पन्त,देवघाट ५ वडा सदस्य यमबहादुर मगर,कमला गुरुङ,चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाका वयवस्थपक संगिता ओझा भुर्तेल,इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख दिल कुमारी काफ्ले,रानी सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारी,देवघाटधाम जेसिजका अध्यक्ष रघु मल्ल लगायतको उपस्थिति रहेको थियो भने संस्थाका सचीव प्रशन्न ढकालले कार्यक्रम सञ्चालन गरेका थिए।469575784_559976693335616_1020219667292331708_n.jpg469547705_559980523335233_448496187934319517_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend