मतदाता नामावली दर्ता कार्य आजदेखि नियमित सञ्चालन हुने

images
  • 152
    SHARES
  • मंसिर २३, २०८१ आइतबार
    मतदाता नामावली दर्ता कार्य आजदेखि नियमित सञ्चालन हुने
    images

    काठमाण्डौ 

    निर्वाचन आयोगले सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट आजदेखि मतदाता नामावली दर्ता कार्य सञ्चालन गर्ने भएको छ ।

    पालिकाको रिक्त पदमा उपचुनावको मिति घोषणा भएपछि असोजको पहिलो हप्तादेखि नामावली सङ्कलन कार्य रोकिएको थियो । निर्वाचन आयोगको पदाधिकारी बैठकले रोकिएको नामावली सङ्कलन, दर्ता तथा अद्यावधिक गर्ने कार्य आजदेखि नियमित शुरू गर्ने निर्णय गरेको थियो ।

    आयोगले पेसा, व्यवसाय वा अन्य कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै पालिका वा प्रदेशमा बसोबास गरे पनि प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत आवेदन गर्न सक्ने व्यवस्थासमेत मिलाएको छ ।

    आयोगले दर्तासँगै नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम भएको भए हटाउने र मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कामसमेत प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत गर्न सक्ने आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । मतदाता नामावलीमा नाम दर्ताको लागि नागरिकता आवश्यक पर्छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend