समानुपातिक सांसदमा सुनिता थापालाई सिफारिस गर्ने कांग्रेसको निर्णय

images
  • 202
    SHARES
  • मंसिर २४, २०८१ सोमबार
    समानुपातिक सांसदमा सुनिता थापालाई सिफारिस गर्ने कांग्रेसको निर्णय
    images

    काठमाण्डौ 

    नेपाली कांग्रेसले गण्डकी प्रदेशमा रिक्त रहेको समानुपातिक सांसद पदमा सुनिता थापाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

    सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

    कांग्रेस सांसद विमला गौचनको मृत्यु भएपछि गण्डकीमा कांग्रेसको एकजना समानुपातिक महिला सांसद पद रिक्त थियो । रिक्त पदमा स्याङ्जाकी सुनिता थापालाई सांसद बनाउने निर्णय गरेको हो ।

    कांग्रेसले निर्वाचन आयोगमा सिफारिस गरेपछि आयोगले मापदण्ड अनुसार भए/नभएको अध्ययन गर्नेछ । मापदण्ड पुगेमा आयोगले बल्ल नियुक्त गर्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend