नुवाकोटमा आमा र दुई जना छोरा मृत फेला

images
  • 232
    SHARES
  • मंसिर २४, २०८१ सोमबार
    नुवाकोटमा आमा र दुई जना छोरा मृत फेला
    images

    नुवाकाेट 

    नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा आमा र दुई जना छोरा मृत भेटिएका छन् ।

    हिजो २४ वर्षीया चन्दीमाया तामाङ तथा पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

    घरको भित्रबाट आग्लो लगाएको पाइएको छ । घटनाबारे अनुसन्धन गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको छ । चन्दीमायाका श्रीमान् रेसबहादुर घरमाथि रहेको बारीमा केराउ टिप्न गएको समयमा घटना भएको स्थानीयबासिन्दाले बताएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend