क्होइबो धीँ निर्माणका लागि चितवनमा घरदैलो कार्यक्रम सुरु

images
  • 159
    SHARES
  • मंसिर २६, २०८१ बुधबार
    क्होइबो धीँ निर्माणका लागि चितवनमा घरदैलो कार्यक्रम सुरु
    images

    चितवन

    तमू (गुरुङ)हरुको मन्दिर क्होइबो  धीँ निर्माणका लागि  चितवनमा घरदैलो कार्यक्रम सुरु गरेका  छन् । तमू प्ये ल्हु संघ चितवनले भरतपुरबाट  घरदैलो अभियान सुरु गरेका हुन् ।

    यस अघि गुरुङहरुको ऐतिहासिक पर्यटकीय गाउँहरु  लमजुङको भुजुङ र घले गाउँबाट सुरु गरेको  अभियान  मङ्गलबारदेखि चितवनमा पनि  सुरु गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष  विक्रम तमूले  जानकारी दिनुभयो ।

    गुरुङहरुको आस्थाको धरोहर क्होइबो धीँ निर्माणका लागि  अभियान सञ्चालन गरिएको उहाँले  बताउनुभयो ।  सो अवसरमा   अभियानलाई सफल बनाउन अग्रजहरुले सकरात्म सल्लाह सुझावका साथै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको  उहाँले बताउनुभयो ।  उहाँले धर्म संस्कार संस्कृतिको संरक्षणका लागि यस अभियानमा एकताबद्ध हुन सबैलाई आग्रह गर्नुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend