काठमाण्डौ
सुनको भाउ आज एकैदिन दुई हजार रुपैयाँले बढेको छ । सुन आज दुई हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँ रहेको थियो । सरकारले सुनमा लाग्ने आयातमा भन्सार महसूल घटाएसँगै घटेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको छ ।



