रवि लामिछानेको बयान सकेर सिमरा पुर्याइयो

images
  • 134
    SHARES
  • मंसिर २६, २०८१ बुधबार
    रवि लामिछानेको बयान सकेर सिमरा पुर्याइयो
    images

    वीरगञ्ज (पर्सा), मंसिर २६

    पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ ।

    उहाँसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उहाँ सिमरा विमानस्थलमा रहनुभएको जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले उहाँसँग बयान लिएको थियो ।

    पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौँ हुँदै कास्की पुर्याइने जानकारी दिनुभयो । रासस

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend