काठमाण्डौको न्यूनतम तापक्रम चार डिग्रीभन्दा कम

images
  • 171
    SHARES
  • मंसिर २६, २०८१ बुधबार
    काठमाण्डौको न्यूनतम तापक्रम चार डिग्रीभन्दा कम
    images

    काठमाण्डौ 

    काठमाण्डौ उपत्यकामा निरन्तर तापक्रम घट्न थालेपछि चिसो बढ्दै गएको छ ।

    काठमाण्डौमा आज बिहान यसवर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    त्यसअघि आज बिहान ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस मापन भएको थियो । सुर्खेतको विरेन्द्रनगरको न्यूनतम तापक्रम तीन दशमलव सात र  जुम्लाको माइनस छ दशमलव पाँच डिग्री सेल्सियम मापन भएको महाशाखाले जनाएको छ ।

    यस्तै मुस्ताङ लगायतका अरु उच्च पहाडी तथा हिमाली जिल्लामा तापक्रम घटेर चिसो बढेकाले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend