कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको उपचारका क्रममा ज्यान गयो

images
  • 193
    SHARES
  • मंसिर २६, २०८१ बुधबार
    कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको उपचारका क्रममा ज्यान गयो
    images

    कैलाली 

    कैलालीका छुट्टाछुट्टै तीन ठाउँमा भएका मोटरसाइकल दुर्घटनामा घाइते भएका तीन जनाको उपचारका क्रममा ज्यान गएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता दर्शन खड्काका अनुसार टीकापुर नगरपालिका हुलाकी सडकमा भएको दुर्घटनामा घाइते भएका टीकापुर नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

    गएराति नै गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडक खण्डमा भएको दुर्घटनामा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका– ११ का ३० वर्षीय हिक्मत महराको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचारका क्रममा ज्यान गएको छ ।

    यस्तै धनगढी उपमहानगरपालिका– १८ डिपो बजारमा भएको दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–३ का ४० वर्षीय कमलेश चौधरीको सेती प्रादेशिक अस्पतालमा ज्यान गएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend