जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

images
  • 158
    SHARES
  • मंसिर २७, २०८१ बिहीबार
    जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
    images

    सुर्खेत, मंसिर २७-

    जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

    ग३च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताउनुभयो । घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend