पूर्वडिआइजी छविलाल जोशी अस्पताल भर्ना

images
  • 134
    SHARES
  • मंसिर २८, २०८१ शुक्रबार
    पूर्वडिआइजी छविलाल जोशी अस्पताल भर्ना
    images

    काठमाडौं 

    सहकारी प्रकरणमा हिरासतमा रहेका पूर्वडिआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । छातीमा गाह्रो भएको सिकायतपछि उनलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्त शर्माले चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको जानकारी दिए । उनले भने, ‘उहाँले छातीमा असहज महसुस भएको बताउनुभएपछि चेक जाँचका लागि अस्पताल लगेका थियौँ । डाक्टरको सिफारिस अनुसार भर्ना गरेर अहिले सबै परीक्षणहरू भइरहेको छ ।’

    एउटै मुद्दामा उही हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने अस्पताल भर्ना हुन इन्कार गरेका छन् । केही दिनदेखि निरन्तर रक्तचाप बढेपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

    प्रवक्ता शर्माका अनुसार अस्ति अस्पताल लगेर स्वास्थ्य जाँच गरिएको थियो भने हिजो चिकित्सकले अस्पतालमै आएर चेक गरेका थिए ।‘चिकित्सकले अस्पताल भर्ना हुन सुझाव दिनुभएको थियो, तर उहाँले मान्नु भएन,’ शर्माले भने ।

    लामिछानेलाई भेटेका रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले सभापति लामिछानेको स्वास्थ्य अवस्थाबारे चौतर्फीरुपमा चासो र चिन्ता व्यक्त भएपछि प्रहरीले स्वास्थ्य परीक्षण गराएको बताए ।

    उनले भने, ‘दबाब परेपछि प्रहरीले स्वास्थ्य परीक्षण गरायो । उहाँको प्रेसर अहिले पनि हाइ छ । तर, अस्पताल बस्दिनँ भन्नुभयो । धपेडी र मानसिक तनावले प्रेसर बढेको भएपछि हिरासतमै बस्छु भन्नुभएको छ ।’

    रविले विगतमा हिरासत छल्न भीआइपीहरु अस्पताल बस्ने प्रवृत्तिको विरोध गर्ने गरेका थिए । उनी गृह मन्त्री हुँदा हिरासत छल्ने प्रवृत्ति अन्त्यका लागि तीन बुँदे निर्देशनसमेत जारी गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend