पत्रकार महासंघ तनहुँको सदस्यमा चित्र सोल्टी गुरुङ निर्विरोध निर्वाचित

images
  • 216
    SHARES
  • मंसिर २८, २०८१ शुक्रबार
    पत्रकार महासंघ तनहुँको सदस्यमा चित्र सोल्टी गुरुङ निर्विरोध निर्वाचित
    images

    तनहुँ 

    नेपाल पत्रकार महासंघ तनहुँको जिल्ला कार्यसमिति सदस्यमा इच्छाकामना न्युज डटकमका कार्यकारी सम्पादक चित्र सोल्टी गुरुङ निर्विरोध निर्वाचित भएको छ ।

    महासंघको मंसिर २८ गते हुन लागिरहेको निर्वाचन तालिका अनुसार आज भएको उम्मेद्वारी दर्तामा आदिवासी जनजाति सदस्यमा पदमा गुरुङको एकल उम्मेद्वारी परेकोले निर्विरोध निर्वाचित भएको हो ।

    सदस्यमा निर्वाचित गुरुङले नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको गठबन्धन प्यानलबाट निर्वाचनमा उम्मेद्वारी दिएका थिए । उनी प्रेस चौतारी गण्डकी प्रदेश कमिटि सदस्यका साथै तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको केन्द्रीय महासचिव र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघिय समिति सदस्य समेत छन् । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend