तिनाउ पुलमा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे

images
  • 312
    SHARES
  • मंसिर २९, २०८१ शनिबार
    तिनाउ पुलमा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे
    images

    काठमाण्डाै 

    बुटवलको तिनाउ पुलमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । नयाँगाउँबाट बिरामी लिएर बुटवलतर्फ गुडिरहेको जीप पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।

    दुर्घटनामा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उहाँकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपानेकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    गौरी खनाललाई दमले च्यापेपछि प्रादेशिक अस्पताल बुटवल पुर्‍याउने क्रममा बाटोमै जीप पल्टिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend