आज काठमाण्डौ महानगरपालिको ३०औं महानगर दिवस

images
  • 246
    SHARES
  • मंसिर २९, २०८१ शनिबार
    आज काठमाण्डौ महानगरपालिको ३०औं महानगर दिवस
    images

    काठमाण्डाै 

    काठमाण्डौ महानगरपालिकाले आज ३०औं महानगर दिवस मनाउँदैछ । सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागेकाे महानगरले जनाएको छ ।

    महानगर दिवसको औपचारिक कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा र सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम टुँडिखेल मैदानमा हुँदैछ । साङ्गीतिक कार्यक्रम दिउँसो ३ बजेपछि शुरू हुने र खानासम्बन्धी स्टलहरू बिहान १० बजेदेखि नै खुला हुने महानगरका मेयर बालेन्द्र शाहले जानकारी दिनुभएको छ ।

    महानगर दिवसको कार्यक्रममा प्रवेश र पार्किङ निःशुल्क हुनेछ । पुरानो बसपार्कमा रहेको काठमाण्डौ टावरमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । १९९६ साल पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । २०५२ साल मङ्सिर २९ गते काठमाण्डौ नगरलाई काठमाण्डौ महानगर घोषणा गरिएको थियो । यसै दिनलाई महानगर दिवसका रूपमा मनाउने गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend