चितवन, मंसिर २९-
नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षतमा बसन्तराज पराजुली निर्वाचित भएका छन् । शुक्रवार भएको निर्वाचनको मतगणनाको नतिजा साँझ आएको थियो ।
मतदानमा २२३ मत खसेकामा अध्यक्षमा निर्वाचित पराजुलीले १३२ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे ।
सदस्य (आदिवासी जनजाती)मा सुनिलकुमार श्रेष्ठ र सदस्य (दलित)मा सरोज उपरकोटी पनि यसअघि नै निर्विरोध निर्वाचित भएका हुन् ।
सदस्य (महिला)मा अस्मिता पराजुली र सदस्य (खुल्ला)मा कुलप्रसाद काफ्ले, केशव भट्टराई, राजु सापकोटा, बद्री प्रसाद अर्याल, रोहिणी त्रिपाठी, सनद अधिकारी, सुदन पौडेल, सुरेन्द्र पौडेल (सुरज), सुशिल पन्त र हेमराज रिमाल निर्वाचित भएका छन् ।



