तनहुँ, २८ मंसिर
नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा धनपति अधिकारी निर्वाचित भएका छन । महासंघको शुक्रबार सम्पन्न महाधिवेशनमा अधिकारीले ३३ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित बनेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नारायण खड्काले ११ मत ल्याएका थिए ।
त्यसैगरी उपाध्यक्षमा प्रताप राना र सम्झना रसाईली, सचिवमा कृष्ण न्यौपाने, सहसचिवमा श्रीकान्त दुवाडी, सह-सचिवमा समावेशीतर्फ किरण श्रेष्ठ, कोषाध्यक्षमा पूर्ण बहादुर विके, सदस्यमा सुनिता आचार्य, मुना कालिराज विके, चित्र गुरुङ्ग, राजेश्वर हडखले, उपेन्द्र खनाल, बिष्णु गौतम, विकास खनाल, अशोक विश्वकर्मा निर्वाचित भएका छन् ।
त्यसैगरी संघिय परिषद सदस्यमा प्रदीप काफ्ले, संघिय परिषद सदस्य समावेशीमा राजकुमार श्रेष्ठ(विबि), प्रदेश परिषद खुल्ला सदस्य शंकरराज नहर्की, प्रदेश परिषद सदस्य समावेशीमा मिला दरै, प्रदेश परिषद सदस्य सुनिता थापा निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक कमलामोहन वाग्लेले जानकारी दिए ।



