आज देशभरको मौसम सामान्यतया सफा

images
  • 114
    SHARES
  • पौष २, २०८१ मंगलबार
    आज देशभरको मौसम सामान्यतया सफा
    images

    काठमाण्डौ 

    आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    काठमाण्डौमा हल्का तुवाँलो लागेको छ भने तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ ।

    महाशाखाका अनुसार आज राति गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ  काठमाण्डौमा आज हिजोअस्तिको जत्तिकै चिसो रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend