आज सुनको भाउ ताेलामा दुई सय रुपैयाँले बढ्यो

images
  • 239
    SHARES
  • पौष २, २०८१ मंगलबार
    आज सुनको भाउ ताेलामा दुई सय रुपैयाँले बढ्यो
    images

    काठमाण्डौ

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलामा एक लाख ५१ हजार दुई सय रुपैयाँ रहेको थियो । त्यस्तै आज पनि चाँदीको भाउमा भने घटबढ भएको छैन ।

    आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend