कास्की प्रहरी:हिरासतमा रहेका लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई कडा कारबाही गर्छाैँ

images
  • 116
    SHARES
  • पौष ४, २०८१ बिहीबार
    कास्की प्रहरी:हिरासतमा रहेका लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई कडा कारबाही गर्छाैँ
    images

    काठमाण्डाै 

    कास्की प्रहरीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ ।

    आज विज्ञप्ति निकाल्दै जिल्ला प्रहरी कार्यालय कास्कीले डाक्टर निकोलस भुसालको फेसबुकबाट लामिछानेकाे तस्वीर सार्वजनिक भएको र यसले अनुसन्धानलाई नकारात्मक प्रभाव पार्ने भएकाले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

    अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लङ्घन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।

    गोपनीयता कायम राख्नुपर्ने विषयमा संवेदनशील रही सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग गरिदिन प्रहरीको अनुरोध छ । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको भनिएको तस्वीर सामाजिक सञ्जालमा 'भाइरल' भएपछि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

    kkkkkkkkkkkkkkkkkkkkkkk.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend