काठमाडौं।
चीनले देशको उत्तरपूर्वी तटमा रहेको कृत्रिम टापुमा संसारकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको छ । डालियान जिन्झाउ खाडीस्थित मानवनिर्मित टापुमा उक्त विमानस्थल बन्ने भएको हो । उक्त विमानस्थल २० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको टापुमा निर्माणाधीन छ ।
चार रनवे र नौ लाख वर्गमिटर क्षेत्रफलमा बन्ने यो विमानस्थलले प्रत्येक वर्ष ५ लाख ४० हजार उडानसँगै ८ करोड यात्रुलाई सेवा दिने लक्ष्य राखेको छ । विमानस्थल सन् २०३५ मा सञ्चालनमा आउने बताइएको छ ।



