अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँ बढ्यो

images
  • 220
    SHARES
  • पौष ४, २०८१ बिहीबार
    अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँ बढ्यो
    images

    चितवन,पुस ४-

    कुखुराको अण्डाको मूल्य १५ रुपैयाँले बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले पुस ५ गतेदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो । संघका अनुसार मिडियम अथवा मझौला आकारको अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँ बढेर ४८५ पुगेको छ । यस्तै ठुलो अण्डा पनि प्रतिक्रेट ५०० रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डाको प्रतिक्रेट मूल्य ४८५ रुपैयाँ थियो ।

    चितवनबाट लोड भएर देशभरको अण्डा बिक्री डिपोमा पुग्ने कार्टुन र क्रेटसहित प्रतिपेटि १४० रुपैयाँ थप लाग्ने संघका सचिव मदन पोखरेलले बताएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend