शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र

images
  • 104
    SHARES
  • पौष ६, २०८१ शनिबार
    शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
    images

    काठमाण्डौ –

    सन् २०१९ को तुलनामा सन् २०२२ मा शून्य दशमलव ७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहकार्यमा गरिएको अध्ययन प्रतिवेदनअनुसार सन् २०२२ मा शून्य दशमलव ७५ प्रतिशतले वन क्षेत्र बढेको हो ।

    प्रतिवेदनअनुसार सन् २०२२ मा नेपालमा करिब १९ प्रतिशत भू–भागमा चट्टान, हिउँ, हिमनदी, वनबुट्यान, नदी बगर, निर्मित क्षेत्र, जल क्षेत्र र खाली जग्गा  रहेका उल्लेख छ ।

    सन् २०२२ मा नेपालमा ४६ दशमलव शून्य आठ प्रतिशत अर्थात ६७ लाख ९७ हजार दुई सय ५७ हेक्टर वन तथा वनबुट्यान क्षेत्र रहेको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा.राजेन्द्र केसीले जानकारी दिनुभयो ।

    प्रतिवेदनअनुसार चुरेमा ७३ दशमलव ६७, मध्य पहाडमा ६४ दशमलव ५४ र उच्च पहाडमा ५७ दशमलव २० प्रतिशत भू–भाग वनक्षेत्रले ओगटेको छ । उच्च हिमाली क्षेत्रमा सबैभन्दा बढी ४१ दशमलव पाँच सय ९४ प्रतिशत भू–भाग घाँसेमैदानले ओगटेको छ ।

    वन क्षेत्र तराई, चुरे र मध्य पहाडी क्षेत्रहरूमा वृद्धि भएको अध्ययनले देखाएको महानिर्देशक डा.केसीले जानकारी दिनुभयो । अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै महानिर्देशक डा.केसीले वनबुट्यान र केही कृषियोग्य जमिन वनक्षेत्रमा रूपान्तरण भएको पाइएको जानकारी दिनुभयो 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend