काठमाण्डौको तापक्रम घट्यो

images
  • 159
    SHARES
  • पौष ६, २०८१ शनिबार
    काठमाण्डौको तापक्रम घट्यो
    images

    काठमाण्डौ –

    आज कोशी प्रदेशको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशीमा मौसम आंशिक बदली भएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशीका एक–दुई ठाउँमा छिटपुट वर्षा र हिमपात भए पनि अरु ठाउँमा पानी पर्ने सम्भावना छैन ।

    बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । तराई क्षेत्रमा बिहान हुस्सु लागेको छ ।

    काठमाण्डौ उपत्यकामा आज चिसो केही बढेको छ । हिजो काठमाण्डौमा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेकोमा आज बिहान ३ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend